१० माघ २०७५, काठमाडौं
स्पेनको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे कपमा साबिक विजेता बार्सिलोना पराजित भएको छ । नेपाली समयअनुसार बिहिबार भएको क्वार्टरफाइनलको पहिलो लेगको खेलमा सेभिल्लाले बार्सिलोनालाई २–० ले पराजित गर्यो ।
आफ्ना कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सीबिनै उत्रेको बार्सिलोनालाई सेभिल्लाले आफ्नो घरेलु मौनमा २–० ले स्तब्ध बनायो । खेलको पहिलो हाफ भने गोलरहित ब राबरीमा टुंगिएको थियो ।
तर, खेलको ५८औं मिनेटमा सेभिल्लाका लागि पाब्लो सर्बियाले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । त्यसपछि खेलमा फर्किन संघर्षरत बार्सिलोनाले दोस्रो गोल खायो ।
सो गोल खेलको ७६औं मिनेटमा विसम बिन येडरले गरेका थिए । त्यसपछि बाँकी समयमा बार्सिलोनाले गोल गर्न नसक्दा खेल सेभिल्लाले २–० ले जित्यो ।