कपनस्थित पुष्पलाल विद्यालयमा समुदाय– प्रहरी साझेदारी कार्यक्रम सम्पन्न



१० माघ २०७५, काठमाडौं

‘हर प्रहर, गाँउ र नगरी ! टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ सुरु भएको नेपाली प्रहरीको अभियान अहिले देशका विभिन्न विद्यालयहरुमा हुँदै आएका छन् ।

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय– प्रहरी साझेदारी कार्यक्रम हुने क्रममा आज पनि कपनस्थित पुष्पलाल मेमोरियल विद्यालयमा सम्पन्न भएको छ ।

बालबालिकाका लागि आधारभूत सुरक्षा जानकारी संपे्रशन गर्ने मुख्य उद्देश्य राखेको कार्यक्रमले वर्तमान स्थितीमा बालबालिकामा रहेको लागूऔषध तथा दूर्वसनीको बारेमा सचेत गराउँदै आईरहेको छ ।

कार्यक्रममा बालबालिकाहरुलाई बालयौन, बालश्रम, बालअपराध, बलात्कार, मावन बेचबिखन तथा बाल हिंसाको बारेमा आधारभूत ज्ञानहरु बाँडिएको थियो ।

कार्यक्रममा बालबालिकालाई विशेष उत्साहित गर्ने एक विशेष खालको छोटो दृश्यात्मक सामग्रीसमेत प्रस्तुत गरिएको थियो । यसअघि नै धेरै विद्यालयहरुमा यस खालका कार्यक्रम गर्दै आएको नेपाल प्रहरीले अझै धेरै विद्यालयहरुमा गर्ने बताएको छ ।

बालबालिकाहरुलाई लागूऔषध लगायतका लतमा पर्नबाट छुटाउने तथा प्रहरी र बालबालिकाबीच छुट्टै खालको सम्बन्ध बनाउने भएकोले यस कार्यक्रमबाट धेरै संख्यामा विद्यार्थीहरु लाभान्वित हुने कार्यक्रमले मुख्य आशा राखेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती तथा बूनपा–१२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईले समुदायमा यस्तो खालको कार्यक्रम हुनु गौरवको कुरा भएको बताएका छन् ।

उनले थप्छन्, ‘समुदायमा सकारात्मक काम गर्नेको लागि वाहवाही गर्नुपर्छ भने, नराम्रो काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनुका लागि बर्दि लगाएका प्रहरीले मात्र नभई बर्दि नलगाएका प्रहरीले पनि सहयोग गनुपर्छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक निर्देशक केदार पुंडाशैंनीले विगतका दिनहरुमा प्रहरी र विद्यार्थीहरुमा एक तितो सम्बन्ध स्थापित भएको भएपनि वर्तमान स्थितीमा भने, प्रहरी र विद्यार्थीहरुमा नजिकको सम्बन्ध स्थापित भएको बताएका छन् ।

कार्यक्रमलाई सकारात्मकताको संज्ञा दिँदै सब– ईन्सपेक्टर अर्जुन गिरीले समुदायमा रहेका नराम्रो तत्वहरुलाई फाल्ने र राम्रो कुराहरुका लागि सराहनीय काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै नेपाल प्रहरीलाई विशेष धन्यवाद दिँदै पुष्पलाल मेमोरियल विद्यालयका प्रिन्सिपल नारायन बाबु तिम्सिनाले विद्यालयमा यस खालको प्राक्टिस् हुनु विद्यार्थी र विद्यालयकाका लागि एक विशेष पाटो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्