डिपीएललाई आईसिसीको मान्यता



१० माघ २०७५, काठमाडौं

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले मान्यता प्रदान गरेको छ ।

प्रतियोगिता यही माघ २६ गतेदेखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुँदैछ । यस्तै एकेडमीले आइसिसीले प्रतियोगिताबारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रलाई समेत जानकारी गराइसकेको जनाएको छ । देशकै सर्वाधिक पुरस्कार राशिको डिपिएलमा धनगढी स्टार्स, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।

टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्लेअफमा छनोट हुनेछ । पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्