युनाइटेड वर्ल्ड स्कुलका संस्थापक सूर्य कार्की अमेरिकामा फेरि पुरस्कृत



१० माघ २०७५, काठमाडौं

विपन्न परिवारका बालबालिकालाई निःशुल्क शिक्षा दिईरहेका शैक्षिक अभियन्ता सूर्य कार्की अमेरिकाको ग्रयाटिट्युड नेटवर्क संस्थाको ग्रयाटिट्युड पुरस्कार सन् २०१९ का लागि छानिएका छन् ।

युनाइटेड वर्ल्ड स्कुल नेपाल (यू.डब्लू.एस्) नामक शैक्षिक संस्था मार्फत कार्कीले संखुवासभा र गुल्मी जिल्लामा २४ विद्यालय भवन निर्माण गरिसकेका छन् भने शिक्षक तालिम र विधार्थी सहयोग कार्यक्रम पनि जारी राखेका छन् ।

यसअघि कार्की इन्टरनेशनल युथ फाउण्डेशन युवा पुरस्कार, २०१७ मा ३० वर्ष मूनिका प्रभावशाली युवाको सूचीमा फोब्स पत्रिकाले उनको नाम सुचिकृत गरेको थियो भने सन् २०१८ मा फेसबुक कम्युनिटी लिडरको रुपमा समेत पुरस्कृत भै सकेका छन् ।

कार्कीले प्राप्त ग्रयाटिट्युड पुरस्कारमार्फत १ वर्षसम्म विभिन्न ढङ्गले उनको काममा सहयोग पाउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्