११ माघ २०७५, लमजुङ
अत्यधिक चिसोका कारण्मा अधिकांश बस्ती खाली भएको मनाङको सुरक्षा व्यवस्था कडा पारिएको छ । बस्ती खाली हुँदै गर्दा चोरी, शिकार जस्ता आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो ।
मनाङका अधिकांश बस्ती यतिबेला खाली छन् । चिसो बढेपछि अधिकांश स्थानीय जिल्ला छोडेर अन्यत्र गएका हुन् । केही घरमा घर कुरुवा राखिएको छ भेन केही घरमा ताल्चा नै लगाइएको छ ।
जिल्लाका अधिकांश बस्ती खाली हुँदै गर्दा चोरी शिकारीको जोखिम हुने गरेको नेस्याङ गाउँपालिका, १ का अध्यक्ष भुजुङ गुरुङले बताए । यो समाचारा आजको कारोबार दैनिकमा सन्देश पौडेल र नेगम परियारले लेखेका छन् ।