नेपालको खराब सुरुवात, ११३ रनमै समेटियो



११ माघ २०७५, काठमाडौं

युएईविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले राम्रो ब्याटिङ गर्न सकेन ।

नेपालले युएइलाई ३३.५ ओभर खेलेर ११३ रन बनाउँदै ११४ रनको लक्ष्य दिएको छ । अब युएइले जावाफी ब्याटिङ गर्नेछ । नेपालका लागि कुनै पनि खेलाडीले राम्रो स्कोर बनाउन सकेनन् । नेपाली बलर सोमपाल कामीले सबैभन्दा बढी ३० रन बनाए ।

आरिफ शेखले २५ र पारस खड्काले २० रन बनाए । सन्दीप लामिछानेले १५ रन बनाए । नेपालका ओपनर ज्ञानेन्द्र मल्ल शून्य रनमै आउट भए ।

यता दिपेन्द्रसिंह ऐरी र बसन्त रेग्मीले पनि खाता खोल्न सकेनन् । अरुले दोहोरो अंकको रन जोड्न सकेनन्। ललित राजव‌ंशी नट आउट रहे ।

प्रतिक्रिया दिनुहोस्