१२ माघ २०७५, काठमाडौं
प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय शिक्षा विधेयक पारित भएपछि मुलक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पताललाई संघीय सरकारअन्तर्गत नराखेसम्म सदन चल्न नसक्ने बताउँदै रोस्ट्रम घेराउ गरिरहेका बेला उनीहरुलाई मार्सलको घेराबन्दीमा राखी विधेयक पारित गराएको हो । यसबाट प्रमुख प्रतिपक्षी दल कांग्रेस र सत्तापक्ष दलको दूरी बढेको छ । यो समाचार नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन् ।