१२ माघ २०७५, काठमाडाैं
प्रहरीका विवादास्पद इन्काउन्टरलाई राष्ट्रिय मानवअधिकार आयोगले समेत साथ दिँदै गएको छ । प्रहरीको गोलीबाट मृत्यु भएका घटनाको छानबिनमा आयोगले चासो नदिई मौन बसेर ‘सदर’ गर्न थालेको हो । इन्काउन्टर घटनाको छानबिनमा आयोग गम्भीर नहुँदा सामान्य घटनामा पनि अभियुक्तमाथि प्रहरीले गोली चलाउन थालेको छ ।
इन्काउन्टरका नाममा कतिपय अवस्थामा प्रहरीले पक्राउ गरेर अभियुक्तलाई गोली हानेको छ । त्यससम्बन्धी प्रस्ट प्रमाण भेटिँदासमेत राष्ट्रिय मानवअधिकार आयोग मौन बस्न थालेपछि प्रहरीले मुठभेडका नाममा पक्राउ गरेर गोली हान्ने घटना बढाउँदै लगेको हो ।
प्रहरीको आलोचना
बालक निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न अजय तामाङ र गोपाल तामाङको गत २१ साउनमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । अभियुक्तसँगै प्रमाण नष्ट गरेको भन्दै जुन घटनाले प्रहरीको व्यापक आलोचना भयो ।
अभियुक्तलाई पक्राउ गरेको छिमेकीले नै देखेका थिए र प्रहरीले उनीहरूले प्रहरीमाथि जंगलमा गोली चलाउन खोजेको बतायो । मुठभेडको कुनै संकेत नभएको आयोगको प्रारम्भिक छानबिनमा खुलेको थियो । याे समाचार नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।