१२ माघ २०७५,काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मंचको ४९ औं बैठकमा सहभागि भएर आज नेपाल फर्किएका छन् ।
स्वीट्जरल्याण्डमा आयोजित कार्यक्रममा केपी शर्मा ओलीले नेपालको आर्थिक पक्षको बारेमा जानकारी गराएका थिए । उनले त्यहाँ दुईओटा महत्वपूर्ण सत्रहरुलाई सम्बोधन समेत गरेको थिए । ‘दक्षिण एसियाको राजनीतिक परिदृश्य’ तथा ‘प्रजातन्त्रको आगामीको भविष्य’ को विषयमा सबैभन्दा धेरै समय लिएर बोल्ने बक्तासमेत बनेको थिए ।
कार्यक्रममा सहभागिता जनाएर उनी आज विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आईपुगेका बताईएको छ ।