१२ माघ २०७५, काठमाडौं
भारतमा हुन लागेको चार राष्ट्र सम्मिलित प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ । आगामी माघ २४ बाट हुन लागेको खेलका लागि मुख्य प्रशिक्षक हरी खड्काले २३ सदस्यीय टोलीके घोषणा गरेको हुन् ।
पाँचौं साफ च्याम्पियनसिप र ओलम्पिक छनोट दोस्रो चरणको तयारीस्वरुप भारतले आयोजना गर्न लागेको प्रतियोगितामा म्यानमार, श्रीलंका र नेपाल सहभागी हुन लागेको हो ।
नेपाली टोलीमा–
गोलकिपर– अन्जना राना मगर, उषा नाथ, अन्जिला तुम्बापो सुब्बा ।
डिफेन्डर– हिरा कुमारी भुजेल, गिता राना, पुनम मगर, अमृता जोसी, कबिता धिमाल, सुनिता चौधरी, पुजा राना, मनमाया लिम्बु ।
मिडफिल्डर– बिमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योन्जन, सर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी ।
फर्वाड– अनु लामा, रेखा पौडेल, निरु थापा, साबित्रा भण्डारी ।