१२ माघ २०७५, काठमाडौं
युएईसगँको दोस्रो एक दिवसीय खेलमा नेपालका ओपनर ज्ञानेन्द्र मल्ल अर्धशतकमा चुकेका छन् । ६० बल खेलेका उनी ४४ रन बनाएर आउट भएका हुन् ।
मल्लले चारचौका प्रहार गरेका थिए । शुक्रबार भएको पहिलो एक दिवसीय खेलमा उनि सुन्य रनमा आउट भएका थिए । मल्ल आउट भएपछी दिपेन्द्रसिह एरि क्रिजमा आएका छन् ।
नेपालले १९ ओभरमा दुई विकेटको क्षेतीमा ७४ रन बनाएको छ । कप्तान पारस खडका चार बलमा ३ रन बनाएर खेलिरहेका छन् ।