पहिलो खेलको नतिजालाई उल्टाउँदै नेपालको राम्रो प्रदर्शन



१२ माघ २०७५, काठमाडौं

युएईविरुद्ध जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले राम्रो सुरुवात पाएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालका ओपनर ज्ञानेन्द्र मल्ल अर्धशतकबाट ६ रनले चुक्दा नेपालले पछिल्लो खेलको तुलनामा राम्रो योगफल खडा गर्ने देखिएको छ । नेपाल २३ ओभरमा ८८.३ को सुदृढ स्थितिमा छ ।

विनोद भण्डारी र ज्ञानेन्द्रले पहिलो विकेटका लागि ६१ रन जोडे । पहिलो विकेटका रुपमा १६ औं ओभरमा कट बिहाइन्ड हुनुअघि विनोदले ४६ बलमा २ चौकाको मदतले २१ रन जोडे । निकै लयमा खेलिरहेका अर्का ओपनर ज्ञानेन्द्र पनि ४४ रनमा पेभेलियन फर्किए । लामो सट प्रहार गर्ने धुनमा ज्ञानेन्द्र जहुर खानको बलिङमा मिड अन क्षेत्रमा समातिए । उनले ६१ बलमा ४ चौका प्रहार गरे ।

चौथो नम्बरमा आएका दिपेन्द्रसिंह ऐरी अस्फाक अहमदको बलमा एलबीडब्लु आउट भए । उनले १२ बलमा २ चौकासहित १० रन जोडे । अहिले क्रिजमा कप्तान पारस खड्का ७ रन र पवन सर्राफ १ रनमा खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्