१३ माघ २०७५, काठमाडौं
अष्ट्रेलियन ओपन टेनिसको उपाधी जापनिज खेलाडी नाओमी ओशाकाले जितेकी छिन् । चेक गणतन्त्रकी पेट्रा भिटोभालाई २–१ को प्रतिस्र्धात्मक सेटमा हराउँदै ओशाकाले दोस्रो ग्राण्डस्लाम उपाधी जितेकी हुन् ।
अघिल्लो वर्षको युएस ओपन जितेकी ओसाकाको यो लगातार दोस्रो जित हो । पहिलो सेटमा ७–६ को टाइब्रेकरमा जित निकालेकी ओसाका दोस्रो सेटमा भने पराजित भएकी बताईएको छ । दोस्रो सेटमा उनी ५–७ ले पराजित भएकी थिइन् ।
अन्तिम सेटमा ओसाकाले ६–४ को जित निकालिन् । पुरुष तर्फको उपाधीका लागि आज शीर्ष वरियताका नोभाक जोकोभिच र दोस्रो वरियताका राफेल नाडल प्रतिस्पर्धा हुने जनाईएको छ ।