१३ माघ २०७५, काठमाडौं
मदन भण्डारी स्मृति अन्तर्राष्टिय आमन्त्रण इटहरी गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा आइतबार आयोजक राष्टिय जागृति फुटबल क्लब र मनाङ मर्स्याङदी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल दिउँसो ३ बजेपछि इटहरी स्थित क्षेत्रीय रंगशालामा सुरु हुनेछ । विजेताले सेमिफाइनलमा नेपाल पुलिस र भुटान सीएफसीबीच मंगलबार हुने अन्तिम क्वार्टरफाइनल खेलको विजेतासँग बिहीबार खेल्नेछ । शनिबार भएको उद्घाटन खेलमा डाउफिन्स फुटबल क्लब क्यामरुनलाई टाइब्रेकरमा हराँउदै मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
थ्रीस्टारबाट व्यावसायिक फुटबल खेलेका धराने फुटबलर विष्णु सुनुवार र मोरङकै फुटबलर हिमालयन शेर्पा क्लबका गोलकिपर किशोर गिरीलाई आइतबारको खेलमा समावेश गराउने तयारी गरिएको छ ।