१३ माघ २०७५, काठमाडौं
कोही अनुशरनण कोही नेतृत्व गर्नेको, लाम देख्छु ।
झण्डा उठाई कराउने उनीहरुको, काम देख्छु ।।
त्यो जमात जुन, सरकारप्रति असन्तुष्ट छ ।
जुलुस अनि र्याली मात्र गर्नु, बेकाम देख्छु ।।
गुनासो मेरो पनि छैन पोख्ने ठाँऊ ।
देश प्रेमीको सूचीमा मेरो पनि, नाम देख्छु ।।
चर्किएका आवाज, रन्किएको बोली
बुझ्न खोज्दा सडक नै पुरा, जाम देख्छु
द्धन्द मच्चाउने त, रावण पो भन्थे ।
सरकार सम्झँदा रावण नै राम देख्छु ।।