१४ माघ २०७५, काठमाडौं
मदन भण्डारी स्मृति गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा आज विभागीय टिम नेपाल आर्मी क्लब र थ्री स्टारबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल इटहरीस्थित क्षेत्रीय रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ। आर्मी र थ्रीस्टारबीचका खेलाको बिजेताले मेची नेत्रालय काँकडभिटा फुटबल टे«निङ सेन्टरसँग सेमिफाइनलस भेट पक्का गर्नेछ । यसअघि उद्धघाटन खेलमा पाहुना टोली दाफिन फुटबल टिम क्यामरुनलाई पराजित गर्दै मेची नेत्रालय सेमिफाइनल प्रवेश गरिसकेको छ ।
गत साता दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिष्पर्धा गरेका थ्री स्टार क्लब र त्रिभुवन आर्मीबीच सोमबार इटहरी गोल्डकपमा पनि आमनेसामने भएका छन् ।
सिमरा गोल्डकपमा सडेनडेथमा पराजित भएको आर्मी सोमबार थ्री स्टारसँग बदला लिने दाउमा हुँदा डिफेण्डिङ च्याम्पियन थ्री स्टारले आर्मीमाथि आफ्नो दबदबा कायम राख्न खोज्नेछ ।