१४ माघ २०७५, काठमाडौं
सम्बन्ध किन एकनास छैन, तिम्रो शहरमा
जाली रहेछन् त मान्छे, तिम्रो शहरमा
मलाई गाउँ नै बेश छ, अनि त्यो साग र सिस्नु
धेरै बस्दिन सडेको चामल खान, तिम्रो शहरमा
मेरो बा–आमाको सपना पूरा, गर्नु छ मैले
त्यत्तिन्जेल मात्र बस्छु म, तिम्रो शहरमा
मलाई के थाहा मत गाँऊबाट, शहर आएकी
मान्छे किनबेच हुदा रहेछन्, तिम्रो शहरमा
रीता शाहि (रीतु)
बाजुरा हाल काठमाडौं
‘मेरा तितामिठा पलहरु’ … नामक गजल सङ्ग्रह बाट साभार