इटहरी गोल्डकप : लिग विजेता मनाङ सेमी फाइनलमा



१४ माघ २०७५ इटहरी

सहिद स्मारक ए डिभिजन लिग २०७५ को विजेता मनाङ म¥याङ्दी क्लब इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्रा्ष्ट्रिय इटहरी गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा आयोजक राष्ट्रिय जागृती क्लबलाई उसको घरेलु मैदानमा २–१ गोल अनतरले स्तब्ध पार्दै मनाङ अघिल्लो चरणमा प्रवेश गरेको हो ।

इटहरी रङ्गशालामा भएको दोस्रा खेलमा मनाङले सुरुवाती अग्रता लिएको थियो । राष्ट्रिय टोलीका समेत कप्तान रहेका बिराज महर्जनले कप्तानी गरेको मनाङ घरेलु टोलीको दबाबमा परेको थियो । खेलको ३३ औँ मिनेटमा राष्ट्रिय जाग्रीती क्लबका उमेश कार्कीको प्रहार मनाङका गोल रक्षकले रोकेपछी जागृती क्लबले पहिलो मौका गुमायो । त्यस लगत्तै खेलको ३७ औ मिनेटमा मनाङका सुजल श्रेष्ठले गरेको गोलले विजयी टोलीले अग्रता लियो । त्यस पश्चात् जागृतीका खेलाडीले पाएका राम्रा मौका चुकाउँदा खेलको पहिलो हापमा मनाङले अग्रता कायम राखेको थियो ।

खेलको ६३ औँ मिनेटमा आयोजकका उमेश राईले गोल गर्दै खेललाई बराबरीको स्थितिमा पु¥याए तर आचयोजकलाई स्तब्ध पार्न खेलको ७५ औँ मिनेटमा मनाङका कमल श्रेष्ठको गोल नै मनाङका लागी जितको गोल बन्यो । खेलको ‘म्यान अफ द म्याच’ मनाङका कमल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार हात पारेका छन् ।

यस अघि शनिवारको खेलमा पाहुना टोली क्यामरुनको दाफीन्स क्लबलाई ट्राईबेकरमा स्तब्ध पार्दै मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर अघिल्लो चरणमा प्रवेश गरेको छ । सोमवार साबिक विजेता थ्री स्टार क्लब काठमान्डौ र विभागीय टोली नेपाल आर्मी क्लब बिच खेल हुनेछ । यी दुई टोली शनिवार मात्र सिमरा गोल्डकपको फाइनलमा आमने सामुन्ने भएका थिए । उक्त खेलमा थ्री स्टारले उपाधि हात पारेकाले पनि इटहरी गोल्डकपको सोमवारको खेललाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्