१४ माघ २०७५, इटहरी
बिभागीय टोली त्रिभुवन आर्मी क्लवले बाराको सिमरामा भएको सिमरा गोल्डकपको बदला इटहरीमा आएर लिएको छ । इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप प्रतियोगिताको क्वाटरफाइनलमा बिभागीय टोलि त्रीभुुवन आर्मीले साबिक बिजेता थ्री स्टारलाई ट्राईवेबरमा ३–२ अन्तरले पराजित गेर्दै सेमिफाइनलमा प्रवेस गरेको छ । गएको बर्ष यसै खेलमा यि दुुई टोलिको भेट भएको थियो जसमा थ्री स्टारले बाजी मारेको थियो ।
निर्धारीत समयमा दुवै तर्फवाट १–१ गोलको वरावरी भएपछि खेल ट्राइवेकरमा घकेलिएको हो । ट्राइवेकरमा आर्मीका तर्फवाट भरत खवास, विवेक वस्नेत र सन्तोष तामाङले गोल गरेका थिए भने थ्री स्टारका तर्फवाट रुपेस केसी र बिक्रम लामाले गोल गरेका थिए ।
निकै प्रतिस्प्रधात्मक खेलको ७ औ मिनेटमा आर्मीका भरत खवासले प्रहार गरेको गोल वाहिरीएको थियो । पहिलो हापमा निक्कै आक्रमक तरीकाले खेलेको आर्मीले धेरै प्रहारलाई दिशा दिन सकेन ।
खेलको दोश्रो हापमा थ्री स्टार निक्कै आक्रमक ढंगले प्रस्तुत भएको थियो तर दोश्रो हापको १२ औ मिनेटमा आर्मीका भरत खवासले गोल गरेर टोलीलाई अग्रता दिएका थिए तर त्यो अग्रतालाई २६ मिनेटमै थ्रि स्टारका अनन्त तामाङले गोल गर्दै खेललाई वरावरीमा ल्याए ।
त्यस पछि टुवै टिमले धेरै अवसरहरु खेर फालेका थिए । अन्तत खेल ट्राइवेकरमा गएको हो ।
खेलको म्यान अफ द म्याच आर्मीका गोल रक्षक बिकेश कुथु घोसित भएका छन उनले नगद १० हजारको साथमा मेडल प्राप्त गरेका छन । भोलीको अन्तीम क्वाटरफाइनल खेल नेपाल पुलिस क्लव र भुटान सि एफ सि क्लव विच हुनेछ ।