१५ माघ २०७५, सल्यान
जग्गा छनौट तथा नापजाँच गरेकोा ३० वर्ष वितिसक्दा पनि कालीमाटी, १ लक्ष्मीपुर, कोटमा विमास्थल बन्न सकेको छैन । विमानस्थल नबन्दा प्लेन चढेर बाहिर जाने जिल्लाबासीको सपना अधुरो भएको छ ।
सल्यानका बासिन्दा जहाज चढ्न रुकुमको चौरजहारी र सल्ले विमानस्थल पुग्नु पर्ने बाध्याता छ । सरकारको बेवास्ताले ३० वर्षमा पनि विमानस्थल बन्न नसकेको स्थानीयको गुनासो छ । ०४८ पछि जिल्लाको अधिकांश ठाउँमा गाडी गुड्ने सडक निर्माण भएका कारण विमानस्थल योजना अधुरो भएको स्थानीय तुल्सीराम ओलीले बताए । यो समाचार आजको कान्तिपुरबाट लिएको हो ।