नेपाली टोलीको जितसँगै पारसको ८ किर्तिमानि



१५ माघ २०७५, काठमाडौं

युएईविरुद्धको ३ खेलको एकदिवसीय सिरिज नेपालले २–१ ले जित्दै कीर्तिमान बनाएको छ ।

यससँगै नेपाली टोलीका खेलाडी पारस खड्काले अर्को एक किर्तिमान रच्दै आफ्नो जीवनकालमा ८ छुट्टै किर्निमान बनाउँन सफल भएको छन् ।

सोमबार भएको खेलमा नेपालका लागि कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए । पारस म्यान अफ दि म्याचम्याच अफ सिरिज पनि बने ।

एक पछि अर्को पारसका रेकर्डहरु !

पहिलो सिरिज जित–

नेपालले पहिलो पटक २–१ ले सिरिज जित्दै रेकर्ड बनायो । यसअघि नेपालले नेदरल्यान्ड्सविरुद्ध खेलेको पहिलो सिरिज १–१को बराबरी खेलेको थियो ।

एकदिवसीय खेलमा सबैभन्दा ठूलो स्कोर–

युएई विरुद्धको तेस्रो खेलमा नेपालले एकदिवसीय खेलमा ठूलो स्कोर बनायो । नेपालले युएईविरुद्ध ४४.४ ओभरमा २ सय ५५ रन बनाएको हो ।

अहिलेसम्मको ठूलो लक्ष्य पार–

नेपालले अहिलेसम्मको ठूलो लक्ष्य पार गर्ने क्रममा २ सय ५५ रन जोडेको हो । यसअघि नेपालले एसिया कप छनोटमा यूएईले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा १ सय ७६ रन मात्र जोड्न सकेको थियो ।

एकदिवसीय खेलमा बढी रन–

नेपालका लागि कप्तान पारस खड्का एकदिवसीय खेलमा बढी रन बनाउने खेलाडी बनेका छन् । उनले ६ एकदिवसीय खेल खेल्दै २ सय ३५ रन जोडे । सोमबार १ सय १५ रनको शतकीय पारी खेलेका पारसले सोमपाल कामीलाई पछि पारेका छन् ।

पहिलो शतक–

कप्तान पारस नेपालका लागि पहिलो एकदिवसीय शतक बनाउने खेलाडी बनेका छन् । उनले युएईविरुद्ध ९६ बलमा शतक प्रहार गरेका थिए ।

बढी अर्धशतक–

कप्तान पारस नेपालका लागि एकदिवसीय खेलमा बढी अर्धशतक बनाउने खेलाडी पनि बने । युएईविरुद्ध शतकसँगै पारस नेपालका लागि दोस्रो पटक ५० भन्दा बढी रन प्रहार गर्ने खेलाडी बनेका हुन् ।

एकै इनिङमा बढी रन–

शतक प्रहार गरेसँगै पारस एकदिवसीय खेलमा नेपालका लागि एकै इनिङमा बढी रन बनाउने खेलाडी बनेका छन् । उनले १ सय १५ रन जोड्दै सोमपाल कामीलाई पछि पारेका हुन् ।

एकै इनिङमा बढी चौका–

कप्तान पारस नेपालका लागि एकदिवसीय खेलमा एकै इनिङमा बढी चौका प्रहार गर्ने खेलाडी पनि बने । उनले सोमबार १५ चौका प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्