१५ माघ २०७५, काठमाडौं
नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा पर्न सफल भएको छ । एकदिवसीय सिरिज जितेसँगै नेपाल आईसीसीको बरियतामा परेको हो । सोमबार नेपालले यूएईलाई पराजित गर्दै एकदिवसीय सिरिज जितेको हो ।
आईसीसीले पनि सोमबार जारी गरेको एकदिवसीय बरियतामा नेपाल १५ औं स्थानमा छ । नेपालको रेटिङ पनि १५ छ । जबकी यूएई १४औं नम्बरमा छ । उसको रेटिङ पनि १५ नै छ । आईसीसीको पछिल्लो बरियतामा १५ देश समावेश छन् ।
यसमा चौथोदेखि १३औंसम्म क्रमशः साउथ अफ्रिका, पाकिस्तान, अस्ट्रेलिया, बंगलादेश, श्रीलंका, वेस्टइन्डिज, अफगानिस्ता, जिम्वावे, आयरल्यान्ड र, स्कटल्यान्ड छन् ।