१६ माघ २०७५, महेन्द्रनगर
तीसको दशाकमा सरकारले कञ्चनपुरको महेन्द्रनगर बजारलाई व्यवस्थित सहर बनाउने दीर्घकालीन गुरुयोजना ल्यायो । त्यो कार्ययोजना लागू गर्न सरकारले महेन्द्रनगर नगर विकास समिति गठन ग-यो । योजनाअनुसार तयार पारिएको महेन्द्रनगर बजार देशकै १० व्यवस्थित सहरमध्ये एक थियो ।
सुरुमा गुरुयोजनाअनुसार नै विकास र विस्ता कार्य अघि बढ्यो । तर, पछिपछि गुरुयोजना लत्याएर सहरमा जथाभावी संरचना बन्न थाले । पछिल्लो एक दशकमा सार्वजनिक जमिन अतिक्रम गरेर संरचना बनाइएको छ । अहिले सहरको स्वरुप र सौन्दर्य नै बिग्रन थालिसकेको छ ।
सरकारी समित्वमा रहेको जमिन नै मासिने गरी मापदण्ड विपरीत अवैध सयौँ पक्की संरचना बनेका छन् । गुरुयोजना मिचिएको छ । यो समाचार विष्णुप्रसाद देवकोटाले आजको अन्नपूर्णमा लेखेका छन् ।