नेपाली काँग्रेसद्वारा बूनपा १२ मा शहिद परिवार तथा ज्येष्ठ नागरिक सम्मान



१६ माघ २०७५, काठमाडौँ

नेपाली काँग्रेसले शहिद दिवस २०७५ को सन्दर्भमा शहिद परिवार तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम बूढानीलकण्ठ नगरपालिका वडा नं १२ मा सम्पन्न गरेको छ ।

पूर्व स्वास्थ्य मन्त्री तथा सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा विशेष अतिथि कामाडौँ क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठ, अतिथिहरुमा दिव्यमनि राज भण्डारी, न्छेनारायण श्रेष्ठ, नरोतम वैद्य लगायत अन्य व्यक्तिहरुको उपस्थि रहेको थियो ।

उक्त कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री तथा सांसद थापाद्वारा शहिद परिवार र ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए ।

डा तेज वहादुर रोक्काले संचालन गरेको कार्यक्रमको अध्यक्षता सुनिल चालिसेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्