१६ माघ २०७५, काठमाडौं
मंगलबारदेखि पाकिस्तानको लाहोरमा शुरु भएको दृष्टिविहीन महिला क्रिकेटमा नेपालले सुरुवातमै राम्रो पदर्शन गरेको छ । हिजो भएको पहिलो खेलमा नेपालले घरेलु टोली पाकिस्तानलाई १० विकेटले पराजित गरेको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ११.३ ओभरमा ५३ रनमा अलआउट भयो । पाकिस्तानकी किरनले सर्वाधिक नौ तथा निम्राले अविजित ६ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । ५४ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको नेपालले ५ ओभरमा विकेट नगुमाई लक्ष्य पूरा गर्यो ।
नेपालका लागि विनिता पुनले र मनाक्षी चौधरीले अविजित रहँदै क्रमशः २८ र १९ रन जोड्न सफल भए । खेलमा प्लेयर अफ दी म्याच नेपालकी विनिता पुन र भ्यालुएबल प्लेयर अफ दी म्याच सरिता घिमिरे घोषित भइन् ।
जितसँगै नेपालले पाकिस्तानविरुद्धको पाँच खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ ।