सांसद निरौलाद्वारा भद्रकाली आधारभूत विद्यालयको भवन शिलान्यास



१६ माघ २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ६ स्थित भद्रकाली आधारभूत विद्यालयको बालमैत्री पक्की भवनको शिलान्यास प्रदेश सभा सांसद दीपक निरौलाले गरेका छन् ।

२०७२ सालको भूकम्पले विद्यालय भवनमा क्षति भएपछि वालवालिकाहरु मन्दिरको पालभित्र पढ्न बाध्य थिए । पुनर्निर्माण प्राधिकरणको रु. ६९,९९,७७१।– सहयोगमा बन्ने २ तले पक्की भवन असार ७ गते सम्ममा निर्माण सम्पन्न हुने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सफला केसीले बताईन् ।

विद्यालय भवन शिलान्यास कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नवीन केसी, समाजसेवी तथा वाल अधिकारकर्मी प्रदिप डंगोल, विद्यालयका प्रधानाध्यापक गायत्रीदेवी सापकोटा लगायत शिक्षकशिक्षिका, अभिभावक र स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्