१६ माघ २०७५, काठमाडौं
ईङ्लिस प्रिमियर लिगअन्तर्गत गएराती भएको खेलमा न्युकासल युनाइटेडसँग सिटीलाई पराजित गरेको छ । न्युकासलले २–१ ले पराजित गरेपछि सिटीको उपाधी चुम्ने लक्ष्यमा चोट परेको छ ।
खेलको पहिलो मिनेटमा सिटीले अग्रता लिए पनि न्युकासलले २ गोल फर्काएको थियो । सिटीका लागि पहिलो मिनेटमा सर्जियो अग्युरोले गोल गरेर अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको न्युकासलका लागि रोडसनले ६६ मिनेटमा बराबरी गोल फर्काए । ८० मिनेटमा न्युकासलले अग्रता दोब्बर पार्यो। उसका लागि रिचीले पेनाल्टीमा गोल परेका थिए।
लिगको अन्य खेलमा आर्सनलले कार्डिफ सिटीमाथि २–१ गोलले हराउँदा म्यानचेस्टर युनाइटेड र बर्नलीले २–२ गोलको बराबरी खेलेका थिए । लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले २३ खेलबाट ६० अंक जोडेको छ । दोस्रो स्थानको सिटीले १ खेल बढी खेल्दै ५६ अंक बटुलेको छ ।