१६ माघ २०७५,
सिमा बचाउँदा बचाउँदै जीवन, सकिएको हो ।
यसरी यो देशका शहीदको धड्कन, सकिएको हो ।।
गोरखामा झुन्ड्याएर उनलाई, भनेका थिए ।
लखन अब तिम्रो बचपन, सकिएको हो ।।
धर्मभक्त सिफलबाट गुनासो पोख्दै थिए ।
आजबाट मेरो आँगन, सकिएको हो ।।
शुक्रराजलाई टेकुमा फाँसी, दिएको दिन ।
गंगालाललाई ओढाउने उता कफन, सकिएको हो ।।
यसकारण हामी यो देशको बारेमा, बोलेनौं ।
जब देशका निम्ति बोल्नेहरुको निधन, सकिएको हो ।।
लोकेश ‘क्षितीज’ अछाम, नेपाल
हाल : काठमाडौं