१६ माघ २०७५, काठमाडौं
शहीद तिनै हुन् जसले देशका लागि देहत्याग गर्नसम्म पछि परेनन् ! यो देशको लागि, यो सभ्यताको लागि हाँसी हाँसी, फाँसी चढिनसम्म पनि नाई भनेनन् ।
एकपटक सोचौं हामी, आज नेपाल देशमा संविधान छ, कानून छ, संघीयता छ, नागरिकको आफ्नै हक छन्, सर्व–साधारणको नैसर्गिक अधिकारहरु छन् ।
यि सबै सु–कर्मको श्रेय हामी तिनीहरुलाई दिनुपर्छ, जसले पछिका पिँढीहरुको लागि भनी केही गरेर गए । उनीहरुलाई किन ? नसम्झिने त ?
आज हाम्रो मानसपटलमा यहिँ कुराहरु अटाउन आवश्यक छ की !
यदि हाम्रा वीर सपूतहरुले पछिको पिँढीको लागि भनी ज्यानको बाजी नराखेको भए ? अनि रगतको खोलो नबगाईदिएको भए ? हामी कहाँ हुने थियौं ? हामी कहाँ हुने थियौं ?
यो सोच्नु अनि हाम्रो दिमागमा अटाउन बाध्य हुनुपर्छ ।
निरङकुश, तानाशाही अनि क्रुर राणा शासणविरुद्ध जस्ले ज्यान दिए, मुलुकमा गणतन्त्र ल्याउनका निमित्त जसले निरन्तर १० बर्ष सम्म ज्यानै माया मारेर, ज्यानकै बाजी लगाएर युद्ध लडे आज ती महान् ब्यक्तिहरुको यहाँ चर्चा गरेर सकिन्न । बोलेर, भनेर, व्याख्या, विश्लेषण गरेर नि सकिदैन । आजसम्म त्यस्तो कुनै शब्दकोशको उदय भएको छैन, जुन शब्दकोशले वीर शहीदहरुको साहसलाई सजिलै व्याख्या विश्लेषण गर्न सकियोस् ।
उनीहरुको सराहना गर्नको लागि संसारको कुनै पनि शब्दकोश कमी हुन्छ ।
हाम्रा ४ शहीद जो १९९७ माघ १० माधर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई सिफलको रुखमा झुण्ड्याएर फाँसी दिइयो, के उनीहरुले आफ्नो हक र हितका लागि ती सबै गरेको थिए ?
माघ १४ गते दशरथ चन्द र गंगलालश्रेष्ठलाई सोभा भगवतीमा गोली हानी हत्या गरियो । नेपालको अर्का पहिलो शहीद भनेर जसलाई भनिन्छ, लखन थापा जसलाई पनि मारियो त्यसैगरि विभत्सै गरि गोर्खामा वि. स. १९३३ फागुन २ को त्यो मितीमा !
हामी यो सोचौं, ति बलिदानी नितान्तः हाम्रो लागि थिए ।
जो आज पनि यो देशको लागि अनि यो सभ्यताको लागि अमर छन् र रहिरहने पनि छन् । वीर नेपाली भनेर त हामी चिनियौं तर, के हामी नेपाली वीर नै छौं त ? यदि हामी सबै ती शहीदहरुजस्तै आँटिलो भएको भए, पक्के हामी हाम्रो देशलाई विकासोन्मुख हाईन, विकासशील भनेर चिनाउँन पाउथ्यौं ।
सम्झौं न हामी तीनै महान् शहीदलाई जसको वीरताले आज नेपाल यो ठाँउ सम्म छ, भने हामी सबैको वीरताले कहाँ पुग्थ्यो होला ? अब आँखा खोल्न अनि त्यो नाममा मात्रै सिमित हाम्रो बहादुरीपनलाई दुनीयाँसामु देखाउन जरुरी छ ।
अनि कस्ले भन्दोरहेछ हामीलाई यो गरिब अनि निमुखाको देश भनेर, अनि कसले भन्दोरहेछ, सानो अनि अशान्तिको देश भनेर !
शहीद उनीहरु बने, जोसँग एक असाधारण क्षमता अनि सपना थियो । अनि देशका लागि लड्दालड्दै देहत्याग गरे । उनीहरुको सपनाकसले पुरा गर्ने ? के हामीले होईन ?
वर्तमानमा स्थितीको यो अधिकार, यो हक अनि यो हित सबै तीनै वीर सपूतहरुको देन हो ।
आउनुहोस् न, हामी पनि वीर नेपालीहरुको स्वाभिमान देखाऊँ ! शहीदहरुको सपना पुरा गरेर !
खोई त्यसप्रतिको लगाव ? किन हामी उनीहरुको सपनालाई नजरअन्दाज गर्ने ?
जय देश, जय नेपाल !