१६ माघ २०७५, काठमाडौं
इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्रा्ष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कपमा सहभागी हुन आएका दुवै पाहुना टोली स्तब्ध भएका छन् । उद्घाटन खेलमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर सँग क्यम्रुनी क्लब दाफिन्स फेमेली क्लब ट्राइबेकरमा ४–३ गोल अन्तरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो भने मङ्गलवार भएको खेलमा विभागीय टोली नेपाल प्रहरी क्लब सँग २–० गोल अन्तरले पराजित हुँदै अर्को पाहुना टोली क्लीयरीङ फुटबल क्लब (सिएफसी) भुटान समेत घर फर्किएको छ ।
मङ्गलवार क्षेत्रीय रंगशालमा भएको अन्तिम क्वाटर फाइनल खेलमा सिएफ्सीलाई पराजित गर्नका लागी नेपाल प्रहरीका लागी दुवै गोल अभिषेक रिजालले गरेका थिए । पाहुना टोली कस्तो छ भनी थाहा नपाई मैदान उत्रिएको भनिएको नेपाल प्रहरीले खेलमा पहिलो आक्रमण गरेको थियो । खेल सुरु भएको ३ मिनेटमा नै नेपाल प्रहरीका निर कुमार राईले गरेको प्रहार गोल पोप्टबाट बहीरीएको थियो त्यस लगत्तै खेलको ७ औ मिनेटमा प्रहरीका रवि पासवानले गोल गर्ने राम्रो अवसर चुकाएका थिए । त्यस पछि भने सिएफ्सीले प्रहरी माथि केही दबाब सिर्जना गरेको थियो सिएफ्सीका अनितले प्रहार गरेको बललाई प्रहरीका गोलरक्षक सत्रुधन चौधरीले रोकेका थिए । त्यसो त खेलमा पाएको फ्री किकको अवसर समेत सिएफसीले खेर फाल्दा खेलको पहिलो हाल्प गोल रहित बराबरीमा टुङ्गीयो ।
खेलको दोस्रो हाफको १८ मिनेटमा प्रहरीका तिर्थ रानाको पासमा अभिषेक रिजालले गोल गरेसँगै प्रहरीले खेल आफ्नो पक्षमा ल्याएको थियो । सिएफ्सीले दोस्रो हापमा गरेका प्रहर फितलो बन्दा प्रहरीका रिजालले नै खेलको ४५ औ मिनेटमा टिमका लागी व्यक्तिगत २ गरेपछी खेल २–० को अवस्थामा पुगेको थियो । खेलको म्यान अफ् द म्याच प्रहरीका अभिषेक रिजाल नै घोषित भए उनले नगद १० हजार र मेडल हात पारेका छन् ।
यो सँगै पहिलो चरणका खेल सकिएका छन् । बुधवारबाट सेमीफाईनलका खेल सुरु हुने छन् । पहिलो सेमीफाईनल मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र विभागीय टोली त्रिभुवन आर्मी क्लब बिच खेल हुने छ । काँकडभिट्टा पाहुना टोली दाफिन्सलाई पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको हो भने आर्मी थ्रि स्टार क्लबलाई पराजित गर्दै सेमीफाईनल पुगेको टोली हो ।