१६ माघ २०७५, काठमाडौं
आगामी माघ २६ बाट हुने तेस्रो चरणको डिपीएलमा युएईका तीव्र गतिका बलर मोहम्मद नाभिदले महेन्द्र नगर युनाइटेडबाट खेल्ने भएका छन् । महेन्द्रनगर युनाइटेडले बुधबार एक विज्ञप्ती जारी गर्दै नाभिदलाई अनुबन्ध गरेको जानकारी संप्रेषण गरेको थियो ।
शरद भेषवाकर कप्तान तथा मार्की खेलाडी रहेको महेन्द्रनगरमा आरिफ शेख, रोहित कुमार पौडेल, अभिनास बोहरा, अमरसिंह रौटेला, सागर ढकाल, सिद्धान्त लोहनी, दिलीप नाथ, साहब आलम, कुशल मल्ल, धीरेन्द्र चन्द र सन्तोष भट्ट रहेका छन् ।
महेन्द्रनगर युनाइटेडले गत वर्ष भारतका पुनित विष्ट र पुनित महरालाई टोलीले विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको थियो ।