गौतम बुद्ध क्रिकेट रंगशालामा पहिलो म्याच भारत र पाकिस्तानलाई खेलाउनुपर्छ : मेयर रेणु दाहाल



१६ माघ २०७५, काठमाडौं

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतम बुद्ध रंगशालामा पहिलो म्याच भारत र पाकिस्तानबीच खेलाउने अभिरुची राखेकी छिन् ।

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा बन्न लागेको गौतम बुद्ध रंगशाला निर्माण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले यस्तो बताएकी हुन् ।

उनले भनिन् ‘भारत र पाकिस्तानबीच राम्रो सम्बन्ध छैन, त्यसैकारण उनीहरु एक अर्काको देशमा गएर क्रिकेट खेल्दैनन् । उनीहरु कहिले दुबई र कहिले यूएई गएर खेलेका हामी देख्ने गछौं । जसका लागि दुरी लामो पार गर्नुपर्छ । यदि नेपालमा अन्तराष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला बनेको खण्डमा हामी दुई देशबीचको पुल बन्न सक्छौं ।’

प्रतिक्रिया दिनुहोस्