१७ माघ २०७५, काठमाडौं
कोपा डेल रे अन्तर्गत बार्सिलोना सेमिफाईनलमा प्रवेश गरेको छ । पहिलो लेगमा सेभियासँग २/० ले पछि परेको बार्सिलोना समग्रमा ६/३ को जित निकाल्दै सेमिफाइनल पुगेको हो ।
दोस्रो लेगमा सेभिया बार्सिलोनासँग ६/१ ले स्तब्ध भयो । बुधबार राति बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको एकतर्फी खेलमा खेलको १३ औं मिनेटमा बार्सिलोनाले अग्रता लियो । उसका लागि फिलिप काउटिन्होले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई १/० को अग्रता दिलाए । त्यस्तै खेलको २७औं मिनेटमा सेभियाले पेनाल्टीको अवसर पाए पनि गोल गर्न नसक्दा बराबरी गर्ने मौका गुमायो ।
बार्सिलोनाका काउटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३/० को अग्रता दिलाए। त्यसको एक मिनेटपछि सर्जी रोबर्टोले गोल गरेपछि बार्सिलोना ४\० ले अघि रह्यो। खेलको ६७औँ मिनेटमा सेभियाका गुइलहेमी एरानाले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । तर खेलको ८९औँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता ५/१ मा पुर्याए ।