इटहरी गोल्डकप : झापा माथी आर्मीको गोल वर्षा



१७ माघ २०७५, इटहरी

त्रिभुवन आर्मी क्लब इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्रा्ष्ट्रिय आमन्त्रण इटहरी गोल्कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ४–१ गेल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो ।

खेल सुरु भएको १० औँ मिनेटमा नेत्रालयका विदेशी खेलाडी ओलु सोडा कडीरी ले आत्मघाती गोल गर्दा आर्मीले अग्रता लिएको । सुरुमा निकै आक्रमक ढङ्गले प्रस्तुत भएको नेत्रालय आत्मघाती गोल पछि आर्मीको दवावमा परेको थियो । २५औ मिनेटमा आर्मीले गोल गर्ने राम्रो अवसर पाएको थियो तर आर्मीका सन्तोष तामाङको फितलो प्रहारले अग्रता दोब्बर पार्न सकेन । पहिलो हापमा आर्मीले धेरै अवसरहरू खेर फाल्यो । पहिलो हापको थप समयमा आर्मीका सन्तोष तामाङलेनै भरत खवासको पासमा उतकृष्ट गोल गरेका थिए । जुन गोलसँगै आर्मीले आफ्नो अग्रता  दोब्बर बनाएको थियो ।

दोस्रो हापमा  दुवै टोली आक्रमक ढङ्गले प्रस्तुत भएका थिए । दोस्रो हापको ९ मिनेटमा आर्मीमा विवेक बस्नेतको प्रहार नेत्रालयको गोल रक्षक दीप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए । दोस्रो हापको १२ मिनेट नबित्दै नेत्रालयका खमिर गिल्सन कन्दन्ङले गरेको प्रहार बाहिरिएको थियो भने त्यसको १ मिनेटमै आर्मीका विवेक बस्नेतले गोल गर्दै टोलीलाई थप अग्रता दिएका थिए  गोल गरेको दुई मिनेट नबित्दै झापाका दीपेश श्रेष्ठको पासमा खमिर गिल्सन कन्दन्ङले गोल गरे जुन गोल नै झापाको सान्त्वना गोल बन्यो । त्यसपछि पनि कडा रूपमा प्रस्तुत भएको आर्मीले धेरै अवसर खेर फालेको थियो । अन्तिम थप समयको एक मिनेट बाँकी रहँदा आर्मीका भरत खवास ले उत्कृष्ट गोल गरे र आफ्नो टोलीलाई जितको निश्चित बनाएका थिए । खेलको म्यान अफ द म्याच आर्मीका सन्तोष तामाङ घोषित भएका छन् उनले नगद १० हजारको साथमा मेडल प्राप्त गरेका छन् ।

भोलि अन्तिम सेमिफाइनल लिग लिडर मनाङ मर्साङदी क्लब र नेपाल पुलिस क्लब बिच हुनेछ । क्वाटरफाइनललमा मनाङले आयोजकलाई पाखा लगाएको थियो भने पुलिसले भुटानको सिएफसीलाई पाखा लगाएको थियो यी दुर्य बिचको विजेताले आजको विजेता त्रीभुन आर्मीसङ फाइनल खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्