१७ माघ २०७५, काठमाडौं
फुटबल समर्थकहरूले फिफा र एसियाली फुटबल महासंघलाई यूएईमाथि कारबाही गर्न आह्वान गरेका छन् । एसिया कपको सेमिफाइनलमा यूएईका समर्थकहरूले कतारी खेलाडीमाथि जुत्ता र बोतल प्रहार गरेपछि यस्तो आह्वान गरिएको हो ।
कतारले यूएईलाई उसकै भूमिमा शून्यका विरुद्ध चार गोलले हराएको थियो । यूएई प्रवेश गर्न कतारी नागरिकलाई प्रतिबन्ध लगाइएकाले कतारी प्रशंसकहरू खेल हेर्न आउन पाएका थिएनन् । बढी भएका टिकट यूएई सरकारसँग जोडिएका निकायले किनेर स्थानीय समर्थकहरूलाई बाँडेका थिए ।
खेलको शुरूमा यूएईका समर्थकहरूले कतारको राष्ट्रिय गान बज्दा होहल्ला गरेका थिए । कतारले पहिलो गोल गरेर त्यसमा गोल थपेपछि वातावरण आक्रामक बनेको थियो ।
उक्त दृश्यको भिडियो र तस्वीर सामाजिक सञ्जालमा तत्कालै भाइरल भएको थियो र त्यसपछि कतारी प्रशंसक र अन्यमा आक्रोश फैलिएको थियो ।
भिडियो हेर्नुहोस् !
We demand penalties for the disrespectful and uncivilized action from the UAE fans towards the Qatari team. What happened to our team is not acceptable! @fifacom_ar @fifaworldcup_ar pic.twitter.com/YXY1nDPwhI
— Arwa Al-Mansoori (@ArwaAlmansoori) January 29, 2019