यस्तो टिप्स जसले राख्छ, यौन जीवनलाई सधैं समधुर ! पढ्नैपर्ने जानकारी



१७ मात्र २०७५, काठमाडौं

हामी मानव जाती अधिकाशंले २४ औं घण्टा यौनको बारेमा सोचिरहेका हुन्छौं ।

यौनका बारेमा यहाँ केही महत्वपुर्ण कुराहरुलाई जोडिएको छ । पढ्नुहोस्

१. यौनका क्रममा महिलाहरु स्खलित हुँदैंनन् । सम्भोगका क्रममा प्रयोग गरिने लुब्रिकेन्ट्सका कारण यस्तो भ्रम भएको हुन सक्छ ।

२. यौनसन्तुष्टिका लागि एकसाथ चरमोत्कर्ष अनिवार्य हुँदैंन ।

३. रातीको समयमा महिलाहरुले पनि चरमोत्कर्ष अनुभव गर्छन् ।

४. स्वप्न दोष यौन समस्याको संकेत होइन, ती सामान्य यौन प्रक्रियाका अंग हुन् ।

५. कुमारी महिलासंग यौन सम्पर्क गरे यौन रोग निको हुँदैंन । बरु यौन रोग महिलामा सर्न सक्छ ।

६. निरन्तरको हस्तमैथुनका कारण लिंग सानो हुँदैंन । एकपटक आफ्नो आकारमा पुगिसकेको अंग फेरि खुम्चदैंन ।

७. लिंग लामो बनाउन विशेष खालको खाना आवश्यक पर्छ भन्ने कुरा सही होइन । शरीरका अन्य अंगलाई महत्वपूर्ण हुने खानाहरु यौन अंगका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छन् ।

८. हस्तमैथुन शारीरिक क्रियाकलापको एउटा अंग हो । नसा भाँच्चिदैंन ।

९. भ्यासेक्टोमी ९पुरुषका लागि० र ट्युबेक्टोमी (महिलाका लागि) गरिने अपरेशनका कारण यौन चाहना र क्षमता घट्दैन । बरु गर्भ रहने डर नहुँदा सेक्समा झन् आनन्द थपिन्छ ।

१०. पूरुषमा मात्र यौन क्षमता बढी हुने कुरा सही होइन । यौन क्षमता दुवै पक्षमा बराबर हुन्छ ।

११. गुदामैथुन होमोसेक्सुअलले पनि प्रयोग गर्छन् ।

१२. यौन चाहना गर्दा पुरुषको लिंगमा उत्तेजना आउछ ।

१३. उत्तेजनाले कुनै पनि पुरुषको पौरुषत्व छुट्याउन सकिदैंन । अन्य क्राइटेरिया पनि हुन्छन् ।

१४. मेनोपज (महिनावारीको अन्त्य) महिलाको यौन जीवनको अन्त्य होइन, सन्तान उत्पादन क्षमताको मात्र अन्त्य हो ।

१५. यौन शिक्षा दिँदैंमा युवायुवतीहरु स्वच्छन्द सेक्सतिर जाँदैंनन् । यसले उनीहरुमा यौन बुझ्ने क्षमता वृद्धि गराउँछ ।

१६. सम्भोगविना अधिकांश महिलाहरु चरमोत्कर्ष पाउन सक्दैनन् ।

१७. कुमारीत्वको प्रमाण हाइमेन मात्र होइन । सामान्यतः कुमारीहरुमा योनिको झिल्ली च्याँतिदा रगत आउन सक्छ । यद्यपि विभिन्न खेलकुदमा भागलिँदा, साइकल चढ्दा या ट्याम्पोनको प्रयोग गर्दा झिल्ली च्यातिन सक्छ । त्यसैले पहिलो यौनका क्रममा रगत आउनैपर्छ भन्ने जरुरी छैन ।

१८. महिनवारीका क्रममा सेक्स सुरक्षित हुन्छ । तर, त्यसका लागि दूवै पक्षले चाहनुपर्छ ।

१९. पहिलो सम्भोगमै महिलाहरु गर्भवती हुन सक्छन् ।

२०. बच्चालाई स्तनपान गराइरहेको समयमा महिला महिनवारी नहुने हुन सक्छन् । तर, गर्भवती भने हुन्छन् ।

२१. महिनावारीको समयदेखि निश्चित समयसम्म यौनसम्पर्क गर्दा गर्भ रहने खतरा कम हुन्छ । तर, पूर्णतया सुरक्षित भने हुँदैंन ।

२२. वीर्य स्खलन भएको समयमा योनिबाट लिंग झिक्ने विधि त्यति प्रभावकारी हुँदैंन । पूर्ण रुपमा वीर्य झर्नुअगावै केही शुक्राणु झरिसकेको हुन सक्छ ।

२३. वयस्क उमेरअघि यौनजन्य सपना आउनु सामान्य हो ।

२४. निदाएको बेला चरमोत्कर्ष हुनु सामान्य र स्वस्थ हो । यसबारे कुनै चिन्ता लिनुपर्दैन ।

२५. यौन सन्तुष्टिका लागि ठूलो या सानोलिंगले कुनै महत्व राख्दैंन । तर, उत्तेजना भएको समयमा सिधा हुनुचाहि आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्