१७ माघ २०७५, काठमाडौं
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले पहिलो बलमै १ विकेट लिएका छन् ।
नेपालले यूएईको विकेट लिन सफल भएको छ । सन्दीपको बलमा युएईका अष्फाक अहमद दुई रनमा आउट भए ।
युएईले तेस्रो ओभर सकिदा १ विकेट गुमाएर १४ रन जोडेको छ ।