१७ माघ २०७५, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रलाई छाडी अधिनायकवादको बाटोमा अघि बढन् खोजेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आरोप लगाएको छ ।
प्रतिनिधिसभाको आज चलिरहेको बैठकमा नेपाली कांग्रेसका संसद मिनेन्द्र रिजालले यस्तो आरोप लगाउँदै यस्तो हुन नदिने आफुहरुले अडान लिएको बताएका छन् ।
‘नयाँ नयाँ जवानी छ, नयाँ नयाँ रंग ! प्रधानमन्त्री ज्यु आफ्नो रुप हेरी आफै पर्नुहुन्छ दंग’ ! ‘हरेक दिन ऐनमा हेरेर म आफु क्या गज्जब छु, क्या मज्जाले देश चलाईरहेको छु ।’ ओलीलाई कटाक्ष गर्दै उनले भने ।
चिकित्सा शिक्षा विधेयकको कुरा मात्र होईन, मुख्य कुरा लोकतन्त्र हो, उनले भने ।