१७ माघ २०७५, काठमाडौं
शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय– प्रहरी साझेदारी कार्यक्रम हुने क्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको पायोनियर विद्यालयमा सम्पन्न भएको छ ।
‘हर प्रहर, गाँउ र नगरी ! टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ शुरु गरिएको नेपाल प्रहरीको अभियान अहिले देशका विभिन्न विद्यालयहरुमा हुँदै आएका छन् ।
बालबालिकाहरुमा लागूऔषध तथा दूर्वसनीको बारेमा सचेत गराउँदै आईरहेको छ । कार्यक्रममा बालयौन, बालश्रम, बालअपराध, बलात्कार, मावन बेचबिखन तथा बाल हिंसाको बारेमा समेत जानकारी गराईएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा बूनपा १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईले समुदायमा यस्तो खालको कार्यक्रम हुनु गौरवको कुरा भएको बताउँदै ‘समुदायमा सकारात्मक काम गर्नेको लागि सम्मान र नराम्रो काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनका लागि बर्दि लगाएका प्रहरीले मात्र नभई बर्दि नलगाएका प्रहरीले पनि सहयोग गनुपर्ने बताएका थिए ।
प्रमुख अतिथि भट्टराईले विद्यार्थीहरुलाई पर्चा समेत हस्तान्तरण गरेका थिए । पर्चामा बालबालिकाहरुलाई लागूऔषध लगायत विभिन्न किसिमका लतमा पर्नबाट छुटाउने जानकारी गराईएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजन श्रेष्ठले वर्तमान स्थितिमा प्रहरी र विद्यार्थीहरुमा नजिकको सम्बन्ध स्थापित हुने बताए ।
कपन प्रहरी प्रभाग प्रमुख मिन बहादुर कुँवरद्वारा प्रशिक्षण दिईएको लागु औषध दुर्व्यसनी सम्बन्धि कार्यक्रममा भिडियो मार्फत जनचेतना दिईएको थियो ।