राष्ट्रियसभाबाट पनि ‘चिकित्सा शिक्षा विधेयक पारित’



१७ माघ २०७५, काठमाडौं

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुको बिरोधको बाबजुद राष्ट्रियसभाबाट पनि चिकित्सा शिक्षा विधेयक पारित भएको छ ।

प्रतिनिधिसभाबाट गत ११ माघमा नै पारित भएको विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको हो । अब राष्ट्रपतिबाट प्रमाणित भएपछि विधेयक लागू हुन्छ ।

राष्ट्रियसभामा चिकित्सा शिक्षामाथि दुईओटा संशोधन प्रस्ताव पेश भएका थिए । तर दुबै शंसोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।

आज (बिहीबार) को बैठकमा प्रतिपक्ष सांसदहरुले भने उठेरै बिरोध जनाईरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्