आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिप टोली टर्की जाँदै



१८ माघ २०७५, काठमाडौं

आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली शनिबार (भोली) टर्की जाने भएको छ ।

पुरुषको ‘पी–३० क्याटागोरी’तर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला ‘के–४४ क्याटगोरी’तर्फ ५८ केजीमुनि पलेशा गोवर्द्धनले नेपालको चुनौती पेश गर्नेछन् । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दोकी कास्य पदक विजेता हुन् ।

टिम व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । प्रतियोगिता आगामी माघ २२ र २३ गते हुने बताईएको छ । ।

प्रतिक्रिया दिनुहोस्