इटहरी गोल्ड कपको फाइनलमा मनाङ र आर्मीको भेट १९ गते



१८ माघ २०७५, इटहरी

मनाङ मर्स्याङदी क्लबले इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा त्रिभुवन आर्मी सँगको भेट पक्का गरेको छ । आज भएको दाश्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गदै मनाङले फाइनलको यात्रा पक्का गरेको हो ।

इटहरी रङ्गशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हापको ४३ मिनेटमा एफिज ओवाल्लेले गरेको गोल नै मनाङका लागि निर्णायक गोल बन्यो ।

खेलको ३४ औँ मिनेटमा पुलिसका अविशेक रिजालको प्रहार मनाङका गोल रक्षकले उत्कृष्ट बचाउ गरेका थिए । सुरुवातीबाटै दबाबमा राखेको मनाङले खेलको ३६ औ मिनेटमा गोल गर्ने पहिलो गोल गर्ने अवसर गुमाएको थियो । जसमा विमल राणाको हेड बाहिरिएको थियो ।

म्यान अफ द म्याच मनाङका एफिज ओवाल्ले घोषित भएका छन् । उनले नगद १० हजारको साथमा मेडल प्राप्त गरेका छन् ।

यो सँगै गोल्डकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । अब उपाधिको लागी शनिवार त्रिभुवन आर्मी र आजको विजेता मनाङ मर्स्याङदी बिच प्रतिस्पर्धा हुनेछन् ।

यस अघि हिजो भएको पहिलो सेमीफाइनलमा आर्मीले मेची नेत्रालए काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो ।

मनाङ गत वर्षको उप विजेता हो भने, आर्मी सेमिफाइनलमा मनाङसँगै पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्