साईकोसिस, यसका लक्षण र बच्ने उपाय ! आभारभूत जीवनयापनका लागि आवश्यक जानकारी !



१८ माघ २०७५, काठमाडौं

साइकोसिस (पागल–पल) भन्नाले विभिन्न कडा मानसिक रोगहरूको समूह बुझिन्छ ।

चिकित्साशास्त्रमा हाल साइकोसिसका विभिन्न प्रकारहरू छुट्याइसकिएको भएतापनि कडा मानसिक रोगहरूलाई समूहगत रूपमा पागलपन या साइकोसिस नै बोलीचालीको भाषामा भन्ने गरिन्छ ।

यी रोगीहरुले सामाजिक परिप्रेक्षमा अमिल्दो व्यवहार गर्ने भएको, कुराकानीमा पनि गडबडी भेटिने र आफ्नो दिमागी असन्तुलन ठम्याउन नसक्ने हुनाले पागलपन भन्ने गरिएको हो । यस समूह अन्तर्गत विभिन्न कडा मानसिक रोगहरु पर्दछन । विभिन्न पागलपन रोग अनुसार उपचार पनि फरक फरक हुन्छ ।

यहाँ साईकोसिसका केही प्रकारहरुलाई दिईएको छन् ।

डिप्रेसन बढ्दै गएर हुने साइकोसिस–

डिप्रेसन बढ्दै गएर पनि पागलपन हुन सक्दछ । डिप्रेसनको चरमसीमामा उदास हुने लक्षणहरू सँगसँगै पागलपनका लक्षणहरू पनि भेटिन सक्छन् । आफ्ना स्वजनहरू मरिसके या आफ्नो शरीरका भागहरू कुहिएर झरिसके जस्ता कुराकानी यस्ता व्यक्तिले गर्न सक्दछन् । उपचार नगरेमा यो अवस्था कति लम्बिन्छ भन्न सकिन्न । संक्रमण र आत्महत्याको सम्भावना यस प्रकारको पागलपनमा बढी हुने हुनाले औषधि नगरी हुन्न । ठीक भइसकेपछि पनि कमसेकम एक वर्ष औषधि खानु पर्दछ ।

स्कित्जोफ्रेनिया साइकोसिस–

यो एक वैचारिक स्थितिमा गडबडी उत्पन्न भएर हुने रोग हो । झण्डै १ प्रतिशन जनसंख्या यस रोगबाट जिन्दगीभरिमा पीडित हुन सक्छन । यो रोग लागेको मानिस हरु मद्धे दुइ तिहाइ लै सधै औषधि को आवश्यकता पर्दछ ।

यो रोगीपिच्छे फरक फरक लक्षण हुनसक्ने मानसिक रोग हो । यसका लक्षणहरूलाई विभिन्न भागमा बाडन् सकिन्छ ।

कुनै आधार बिना गलत बिश्वास मा अडिग रहनु, बाहिर आवाज नआइकन आवाज सुन्ने भएको कुरा देख्ने, लक्ष्यहीन तथा दिशाहीन क्रियाकलापहरू, अर्थ हिन बोलिचालि – जुन अर्थ हिन बोलिचालिको रुप मा प्रकट हुन्छ । क्रमिक रूपमा व्यक्तित्वमा गिरावट ।
यस रोग को लक्षणमा पनि एकरूपता नपाइने हुनाले यसको पहिचान को लागि मानसिक रोग बिशेसज्ञ को आवश्यकता पदर्छ ।

उन्मादको साइकोसिस –

यो एक भावनात्मक स्थितिमा गडबडी उत्पन्न भएर हुने रोग हो । यसबाट पनि झण्डै १ प्रतिशत जनसंख्या जिन्दगीभरिमा पीडित हुन्छन । यस रोगका लक्षणहरू भिन्न समयमा फरक हुन सक्दछन् । कहिले यसमा महिनौंसम्म डिप्रेसनका लक्षणहरू उपस्थित हुन्छन त कहिले डिप्रेसन को ठीक उल्टो अर्थात् बढी बोले को बोल्यै गर्ने, धाक धक्कु लगाउने, अनावश्यक रूपमा बढी आत्मबल हुने ।

पागलपन र हिंसा–

पागलपनबाट ग्रसित व्यक्तिहरू हिंसक हुन्छन् भन्ने भनाइ भए पनि यो पूर्ण रूपमा सही होइन । पागलपनबाट ग्रसितमध्ये धेरैजसो वास्तवमा हिंसक हुँदैनन् । हिंसक हुनेहरूमध्ये पनि धेरैजसो अरुहरूले जिस्क्याएका अवस्थामा मात्र उनीहरूलाई हानि पुर्याउन आएको भन्ने सोचेर यस्तो व्यवहार गर्न पुग्दछन् । एउटा सानो समूह चाहिं वैचारिक गडबडीको कारणले विनाकारण एक्कासि हिंसक हुन पुग्दछ । पागलपनबाट ग्रसित व्यक्तिहरूलाई एउटा सामान्य मान्छे जस्तै व्यवहार गरेमा समग्रमा भन्दा एउटा मानसिक तबरले स्वस्थ व्यक्तिले भन्दा बढी हिंसक व्यवहार गर्दैन भन्दा पनि हुन्छ ।

उपचार, औषधिको प्रयोग र बल्झिने सम्भावना

पागलपनबाट ग्रसित व्यक्तिहरूलाई बाधेर राख्ने चलन परापूर्व काल देखि को हो । यसो गर्दा कतिपय व्यक्तिहरू केहि समयपछि आफै ठीक भएर आउथे भने कति लाइ लामो समय सम्म या जीवनभर त्यसरी नै राखिन्थ्यो । कतिचाहिं बाधेको अवस्थामा विभिन्न संक्रामक रोगको शिकार भएर या भोकाएर मर्दथे। केहि ठाउमा जडिबूटी को प्रयोगले उपचार गरिन्थ्यो । धेरै जसो रोगि हरुको हालत एकदमै दयनीय हुन्थ्यो

औसधि को प्रयोग पहिले देखि नै गरिए पनि झण्डै आधा शताब्दी अगाडिबाट मात्र आधुनिक असरदार औष् धीको प्रयोग गर्न थालियो । औष् धिको प्रयोग ले प्राय जसो रोगीहरुको लक्षण बिलकलु नै हराएर जान्छ । केहि रोगीहरूमा लक्षणहरू निमर्लू नै नभए पनि कम चाहिं हुन्छ । झण्डै १० प्रतिशतमा भने उपचारले खास असर ल्याउदैन। यस प्रकार ९०५ ले औष्धीको प्रयोगले लाभ हासिल गर्दछन।

छोटो समयको लागि मात्र हुने पागलपनहरू दोहोरिने दर न्युन छ । लामो अवधिसम्म ९छ महिनाभन्दा बढी० भएका पागलपनहरू चाही औषधि छोडेमा बल्झने सम्भावना हुन्छ ।

एकपटक पागलपन भएर ठीक भएको व्यक्तिको रोग बल्झिने सम्भावना केहि हदसम्म भए तापनि उनीहरू धेरै अवस्थाहरूमा आफ्नो जिम्मेवारी बहन गर्दै सामान्य जिन्दगी बिताउन सफल हुन्छन भन्ने हामीले बुझनु जरुरी छ । एकपटक पागलपनबाट ग्रसित भएपछि ठीक हुदैन भन्ने धारणालाई गलत नै भन्नु उपयुक्त हुन्छ, तर बल्झिदैन भन्ने अवस्थामा चाहिं हामी पुगिसकेका छैनौ । न्यानो पारिवारिक वातावरण, उपयुक्त व्यक्तिगत स्वतन्त्रता तथा आपसी विश्वासले रोग बल्झाउने सम्भावनालाई कम गछर्न भन्ने अनुसन्धानहरूले देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्