१८ माघ २०७५, काठमाडौं
‘रामेछाप सिभिल च्याम्पियनसिप–२०७५’ आगामी २२ माघबाट संचालन हुने भएको छ ।
रामेछाप जिल्ला खेलकूद विकास समितिको आयोजनामा हुने खेल रामेछापको सदरमुकाम मन्थलीमा हुने आज एक विज्ञप्ती जारी गरि आयोजकले जानकारी गराएको छ ।
सिभिलमध्येबाट भलिबलमा च्याम्पियनसिप बनाउने उद्देश्यले संचालन हुन लागेको कार्यक्रमलाई लिककम नकआउटको नियमअनुसार संचालन गरिने जनाईएको छ ।
४८, ५८,००० लागतमा संचालन हुने खेलमा सातै प्रदेश र अन्य ५ ओटा क्लबहरुबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेताले ७ लाख २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
विज्ञप्ती हेर्नुहोस् !