२० माघ २०७५, काठमाडौं
विश्व सम्पदामा सूचीमा सूचीकृत नेपालको सम्पत्ति तथा विश्वको चासोको विषय ‘बौद्धनाथ स्तुपा’ को विषय अहिले विभिन्न सामाजिक संजालमा भाईरल भईरहेका छन् ।
सामाजिक संजालमा विभिन्न टिका टिप्पणीहरु भईरहँदा हिजो बौद्धमा एक पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
‘बौद्ध तथा मेलम्ची ध्याङ गुठी’ ले गरेको पत्रकार सम्मेलनमा रिन्पोछे भु–पति बज्र लामा नक्कली नभई, एक सच्चा अवतारी लामा हुन् भनी प्रमाणित गरिएको छ ।
विशेषतः बौद्धमा एक चिनियाँ लामा रिन्पोछे भु–पति बज्र लामाले बौद्धलाई एकलौटी ढंगबाट संचालन गर्न खोजेको कुराहरु बाहिर आईरहँदा सम्मेलनले भने यो सबै झुट भएको कुरा प्रमाणसहित देखाएको छ ।
गत १७ माघमा ‘बौद्ध क्षेत्र विकास समिति’ ले पनि बौद्धनाथलाई एकलौटी ढंगबाट चलाउन खोजेको, स्तुपामा विभिन्न प्वालहरु पारी बत्ति हालेको भनी आरोप लगाउँदै पत्रकार सम्मलेन गरेको थियो ।
विज्ञप्ती हेर्नुहोस् !