इटहरी गोल्डकपको बिजेता विभागिय आर्मी



२० माघ २०७५, इटहरी

इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधी बिभागिय त्रिभुवन आर्मी क्लवले उचालेको छ । आज भएको फाइनल खेलमा लिग बिजेता मनाङ मर्स्याङदी क्लवलाई २–० गोल अन्तरले पराजित गदै आर्मीले उपाधि जितेको हो ।

उपाधीसँगै आर्मीले नगद १६ लाख प्राप्त गरेको छ भने मनाङले ८ लाखमा चिक्त बुझाएको छ ।

खेलको ६ औँ मिनेटमा आर्मीका टंक बस्नेतले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भर्ने निर्णायक गोल दोश्रो हापको ४५ आंै मिनेटमा भरत खवासले गरेका थिए ।

खेल अवधिभर निकै दवावमा राखेको आर्मीले ४ ओटा पहेलो कार्ड पाएको थियो । खेल को ९ औं मिनेटमा आर्मीका पदम तामाङले १२ औं मिनेटमा कप्तान भरत खवासले, ३८ मिनेटमा बिकास तामाङले र पहीलो हापको थप समयमा सेहेङ लिम्वुले पहेलो कार्ड पाएका थिए ।

मनाङले पनि खेल अवधिभर २ ओटा पहेलो कार्ड र १ रातो कार्ड पाएको थियो । खेलको ३२ मिनेटमा कमल श्रेष्ठ, ४४ औं मिनेटमा कप्तान बिराज मर्हजनले पहेलो कार्ड पाएका थिए भने दोश्रो हापको २३ मिनेटमा एफिज ओलालालेले गोल रक्षककले समातेको वललाई खोस्दा रातो कार्ड पाएका थिए ।

निकै दवावमा परेको मनाङले सान्तोना गोल पनि फर्काउन सकेन । खेलको २ औ मिनेटमा मनाङका एफिज ओलालालेले गरेको प्रहार नै वाहीरीएको थियो ।

खेलको म्यान अफ द म्याच आर्मीका बिमल पाण्डे घोषित भएका छन उनले नगद १० हजार प्रााप्त गरेका छन ।

प्रतियोगिताको उत्कृष्ट गोल किपर आर्मीका बिकेस कुथु घोषित भए । उनेले नगद २० हजार प्राप्त गरेका छन ।

उत्कृस्ट डिफेन्स मनाङका सुरज श्रेष्ठ, मिडफिल्डमा आर्मीका सन्तोस तामाङ, फरवाडमा आर्मीका भरत खवास घोषित भए उनिहरुले क्रमसः २० हजार नगद प्राप्त गरेका छन ।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक आर्मीका सोनहादुर तामाङ घोषित भएका छन ।

उदयीमान खेलाडी आयोजक राष्टिय जागृति क्लवका उमेस राई घोषित भए उनले नगद २५ हजार प्राप्त गरेका छन ।

सर्वाधिक गोलकर्ता आर्मीका भरत खवास घोषित भएका छन उनले २५ हजार नगद प्राप्त गरेका छन ।

प्रतियोगिता भरको उत्कृष्ट खेलाडी अमीका टंक वस्नेत घोषित भए उनले नगद ३५ हजारको साथमा  ४२ इन्चको एल एलइडि प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्