वर्षाका कारण नेपाल र यूएईबीचको निर्णायक खेल रोकिने सम्भावना



२० माघ २०७५, काठमाडौं

नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक टी–२० खेल आज दिउँसो पौने तीन बजे सुरु हुँदैछ । तर, त्यहाँको मौसम विभागका अनुसार खेल रद्द हुने सक्ने छ ।

हावाहुरी चलेपछि खेल संचालन गर्न नसकिने त्यहाँको ‘मौसम विभाग’ ले जनाएको छ । पानीसँगै हावा हुरी चलेपछि आजको खेल हुन नसक्ने सम्भावना बढेको छ । दुवै टिमले एक–एक खेल जितेकाले आजको नतिजाले उपाधिको छिनोफानो हुने छ ।

नेपाली टिममा आज एक परिवर्तन पक्का जस्तै छ । सुरुवाति दुई टी–२० मा जम्न नसकेका प्रदीप ऐरीको स्थानमा विनोद भण्डारीलाई खेलाउने सम्भावना रहेको छ । यस्तै आज भीम सार्कीलाई पनि मौका दिन सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्