नेपाल र यूएईबीचको खेल शंकाको घेरामा, वर्षा झनै बाक्लियो !



२० माघ २०७५, काठमाडौं

नेपाल र यूएईबीच आज हुने भनिएको अन्तिम तथा निर्णायक खेल वर्षाका कारण हुने सकेको छैन ।

दिउँसो पौने तीनबाट सुरु हुने खेल वर्षा तथा हावा हुन्डरीका कारण नभएको बताईएको छ । वर्षा तथा हावा हुरीको मात्रा झनै बढेको त्यहाँको ‘मौसम विभाग’ ले जनाएको छ ।

दुवै टिमले एक–एक खेल जितेकाले आजको नतिजाले उपाधिको छिनोफानो गर्ने छ । नेपाली टिममा आज एक परिवर्तन पक्का जस्तै छ ।

सुरुवाती दुई टी–२० मा जम्न नसकेका प्रदीप ऐरीको स्थानमा विनोद भण्डारीलाई खेलाउने सम्भावना रहेको छ । यस्तै आज भीम सार्कीलाई पनि मौका दिन सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्