नेपालले दियो यूएईलाई १०५ रनको लक्ष्य



२० माघ २०७५, काठमाडौं

नेपालले यूएई विरुद्धको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा घरेलु टोलीलाई जितका लागि १०५ रनको लक्ष्य दिएको छ ।

नेपालका लागि कप्तान पारस खड्काले २९ तथा सन्दीप जोराले २८ रन बनाए । बर्षा र हावाहुरीको कारण ढिला सुरु भएको खेल १० ओभरमा झारिएको हो ।

नेपाल र घरेलु टोलीबीचको तीन खेलको टी–२० सिरिज १/१ को अवस्थामा छ ।

अन्तिम खेल जित्दै नेपाल पहिलो टी–२० सिरिज जित्न चाहन्छ । यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २/१ ले जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्