२१ माघ २०७५, काठमाडौं
सिजन २०१८/१९ को युरोपियन ‘गोल्डेन बुट दौड’मा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ ।
हालसम्मको अवस्थामा स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाका लिओनल मेस्सी युरोपका टप–५ लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छन् । उनले लिगका २२ खेल सकिँदा २१ गोल गरेका छन् । मेस्सीले १० गोलका लागि असिस्ट पनि गरेका छन् ।
त्यसपछि फ्रेन्च लिग वानमा पिएसजीका केलियन एमबाप्पे दोस्रो नम्बरमा छन् । उनले लिगका २० खेल सकिँदा १८ गोल गरेका छन् । उनले ६ गोलका लागि असिस्टसमेत गरेका छन् ।
त्यसपछि इटालियन सिरी ‘ए’मा युभेन्टसका क्रिस्टियानो रोनाल्डो कूल १७ गोलसहित तेस्रो स्थानमा छन् । उनले लिगका २२ खेल सकिँदा १७ गोल गरेका हुन् । उनले ७ गोलका लागि असिस्ट गरेका छन् ।
त्यस्तै, इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलका मोहमद सालाह कूल १६ गोलसहित सर्वाधिक गोलकर्ता बन्दै चौथो नम्बरमा छन् । उनले ७ गोलका लागि असिस्टसमेत गरेका छन् ।
त्यसपछि जर्मन बुन्डेसलिगामा फ्रान्कफर्टका लुका जोभिकले १४ गोल गर्दै युरोपका शीर्ष लिगमा चौथो नम्बरमा छन् । उनले ३ गोलका लागि असिस्टसमेत गरेका छन् ।